काठमाण्डौंः जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ ।
पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो ।
रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया