वैशाख ११, २०८१ मंगलबार April 23, 2024

शिक्षक लाइसेन्स परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा रद्द (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा रद्द गरेको छ । साउन २८ गते सञ्चालन गरेको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा भिडियो बनाई सामाजिक सञ्जालमा हाल्ने परीक्षार्थीको परीक्षा रद्द गरेको हो ।

आयोगले आज एक सूचना जारी गर्दै अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मावि, बोराडाडी “ख” को केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार वम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा परीक्षा रद्द गरिएको जनाएको छ ।

आयोगले नियमावली २०५७ को नियम २६ को उपनियम (१) अनुसार निजको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुई वर्षसम्म आयोगबाट सञ्चालन गरीने अध्यान अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोकलगाइएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया