असार २५, २०८२ बुधबार July 9, 2025

अफगानिस्तानको काबुल स्थित मस्जिदमा भएको विस्फोटनमा तीन जनाको मृत्यु दर्जनौँ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको राजधानी काबुल स्थित एक मस्जिदमा भएको विस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

राजधानी काबुलको उत्तर–पश्चिम क्षेत्रमा रहेको त्यस मस्जिदमा सन्ध्याकालीन प्रार्थना गर्ने क्रममा विस्फोटन भएको तालिबान प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले जनाएको छ ।

विस्फोटनको जिम्मा हाल सम्म कुनै समूहले नलिए पनि विगत केही महिना देखी आतङ्कवादी समूह इस्लामिक स्टेटले यस्ता विस्फोटन गराउँदै आएको छ ।

घाइते मध्ये धेरैको अवस्था गम्भीर भएको कारण मृतकको सङ्ख्या बढ्न सक्ने तालिबानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया