कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

लुम्बिनी प्रदेशमा आन्तरिक आय नबढे खर्च धान्न मुस्किल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्न समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८-७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको बजेट प्रस्तुत गरे पनि कुल आय भने ३७ अर्ब ११ करोड रुपियाँ मात्रै  थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले खर्च र आय दुवैमा लक्ष्य भेट्टाउन सकेन ।

लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशको आन्तरिक आम्दानीले प्रशासनिक खर्चसमेत धान्न मुस्किल रहेको जानकारी दिँदै आन्तरिक आय वृद्धिका लागि नयाँ स्रोत खोज्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आव २०७८/७९ मा पुँजीगत खर्च ७७ दशमलव ४७ प्रतिशत र चालू खर्च ७० दशमलव २२ प्रतिशत भएको जानकारी दिँदै समष्टिमा प्रदेशको खर्च सन्तोषजनक रहेको बताउनुभयो ।

मन्त्री शर्माले प्रदेशको बजेट प्रत्येक वर्ष बढ्ने तर आम्दानी नबढ्ने हो भने चुनौती हुने हुँदा आन्तरिक आय वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान अवस्थामा खर्च धान्न नयाँ स्रोतको पहिचान गर्नुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।

प्रदेश सरकारले आव २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको उक्त बजेटले लक्ष्य भेट्टाउन नसक्ने भन्दै प्रदेश योजना आयोगका एक सदस्यले बजेटको आकार बढाउनु समाधान होइन बरु चुनौती सिर्जना गर्नु हो भन्नुभयो ।

चालू आर्थिक वर्ष खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट तीन अर्ब १० करोड ५९ लाख, सङ्घ र स्थानीय सरकारबाट प्राप्‍त हुने राजस्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट ७० करोड रुपियाँ प्राप्‍त हुने अनुमान रहेको छ । प्रदेश सरकारले आन्तरिक ऋणबाट एक अर्ब रुपियाँ परिचालन हुने अनुमान गरेको छ ।

आव २०७८/७९ मा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३६ प्रतिशत र प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर तथा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १४.१ प्रतिशत योगदान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार