असार ३१, २०८२ मंगलबार July 15, 2025

स्पेनिस ला लिगा : रियल म्याड्रिडको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टी गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटम इयागोले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ५६औं मिनेटमा भिनिसियसले मोड्रिचकै पासमा गोल गर्दै अग्रसर बन्यो ।

६६औं मिनेटमा फेडे भाल्भेर्डेले भिनिसियसको पासमा गोल गरेपछि रियल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल रियलले जित्यो ।

लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ । पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार