कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

भोजपुरमा २० करोड बढी राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भोजपुरमा आर्थिक वर्ष २०७८/७९ मा २० करोड बढी राजस्व सङ्कलन भएको छ । वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको २० करोड, १० लाख, ७४ हजार राजस्व सङ्कलन भएको करदाता सेवा भोजपुरले जनाएको छ ।

कार्यालय स्थापना हुँदाको अवस्थामा तीन हजार ८ सय ९३ करदाता रहेकोमा हाल सम्मा थप भई ६ हजार ४ जना पुगेको कार्यालयले जनाएको छ । कार्यालय स्थापना भएपछि करदाताहरूको सङ्ख्यामा वृद्धि भई राजश्व समेत बढेको कार्यालयको भनाई छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा भने सेवा प्रवाहमा समस्या भएको कर अधिकृत संगम गुरुङले बताउनु भयो ।

यो समयमा सेवाग्राहीहरूको चाप हुने भए पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्यालय समय बाहिर पनि सेवा दिई रहेको अधिकृत गुरुङले बताउनु भयो । कार्यालयमा एक जना अधिकृत, दुईजना नायव सुब्बा, एकजना कम्प्युटर अपरेटर, एक जना सवारी चालक, र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । नासु, कम्प्युटर अपरेटर दरबन्दी खाली रहेकाले करार तथा काजमा ल्याएर काम उठाउनु पर्ने बाध्यता रहेको अधिकृत गुरुङको भनाई छ ।

कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । कार्यालय नहुँदा कर तिर्नकै लागि तीन दिनलगाएर धरान धनकुटा पुग्नु पर्ने बाध्यता थियो । जिल्लामा नै कर कार्यालय सञ्चालन भएपछि कर तिर्न सहज भएको सेवाग्राहीको भनाई छ ।कर कार्यालय रहेको स्थान नजिकै राजस्व जम्मा गर्नका लागि बैङ्कको शाखा नहुँदा भने केही समस्या हुने गरेको उनीहरूको भनाई छ ।

करदाता सेवा कार्यालयमा अनलाइन सेवा समेत सञ्चालन भएकोले २० लाखसम्मको कारोबार गर्ने निजी फर्म तथा उद्यमीहरूले अनलाइन सेवा मार्फत घरबाटै कर तिर्न सक्ने समेत कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार