असार ३१, २०८२ मंगलबार July 15, 2025

नवौँ राष्ट्रिय खेलकुद : जिल्लास्तरीय छनोट भदौ १० देखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ ।

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो ।

पहिलो दिन टेबलटेनिस (महिला÷पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला÷पुरुष) छनोट सदरमुकाममा हुनेछ ।

दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला÷पुरुष), उस्सु फुल कन्टयाक्ट कराते (महिला÷पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला÷पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ ।

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला÷पुरुष), एथलेटिक्स (महिला÷पुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।

छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् ।  जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार