असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपाल खेलकुद महासंघ निर्वाचनमा केन्द्रित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय हुने भएको छ । महासंघको केन्द्रीय कार्यालय बानेश्वर आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।

साउन २९ गते सम्पन्न भएको नेपाल खेलकुद महासंघको प्रथम विस्तारित बैठकले महासंघको दोस्रो राष्ट्रिय महाधिवेसन फागुन ७, ८ र ९ गते प्रदेश नं १ को विराटनगरमा हुने निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल खेलकुद महासंघको ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय सचिवालय र २१६ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरेको सो बैठकले अधिवेशन हुन् बाँकी रहेका जिल्लाहरुले भदौ मसान्त भित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको पनि प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

महासंघको बैठकले सम्पूर्ण कमिटीहरुलाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन् निर्देशन दिँदै पार्टीको चुनावी घोषणा पत्रमा खेल नीति र कार्यक्रमका लागि सुझाव दिन ओमकृष्ण प्रसाईको संयोजकत्वमा चेतनराज गिरी, तिरण गौतम, नन्दा बस्याल र शान्तामाया परियार सदस्य रहेको पाँच सदस्यीय सुझाव कमिटी समेत गठन गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (परशुराम) ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको उक्त बैठकले सात प्रदेश कमिटी र खेल संघहरुलाई वार्षिक एउटा प्रतियोगिता र गतिविधि संचालनको तयारी गर्ने निर्देशन समेत दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार