काठमाण्डौः पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना देखिएको हो।
१८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २३ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा २४५ जनामा कोरोना देखिएको छ।
पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय ठाकुरले संक्रमित संख्या घटेको देखिएपनि जोखिम कायम रहेको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया