असार ३१, २०८२ मंगलबार July 15, 2025

नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।

खुसीबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि वशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट भए ।

महिला ५७ केजीमुनि सञ्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिएको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी टेबलटेनिसतर्फको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट भए । महिलामा इना डङ्गोल, स्वर्णिमा कंसाकार र प्राज्ना महर्जन छानिए । महिलामा बाँकी दुई खेलाडीको छनोटपछि गरिने छनोट संयोजक एवं काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार