असार ३१, २०८२ मंगलबार July 15, 2025

टी-ट्वान्टी : नेपालसँग केन्या ५ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः केन्यासँगको टी–ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । केन्याविरुद्धको खेलमा ५ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ शेखले अविजित २१, ज्ञानेन्द्र मल्लले १९, आसिफ शेखले १९, रोहित पौडेलले १५ रन र आदिल आलम २ रन बनाउँदै नेपाललाई जित दिलाए । आदिल अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो । केन्याका लागि इर्फान करिमले ३४, लुकास ओउचले ३०, नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । त्यस्तै आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार