मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

आजदेखि लमजुङमा डाइलासिस सेवा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा आजदेखि डाइलासिस सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो सेवा पहिलो पटक सुरु भएको हो ।

जिल्ला अस्पतालले बिहीबार एक सूचना जारी गरी हेमोडाइलासिस सेवाका लागि अस्पतालमा दर्ता गर्न अनुरोध गरेको थियो । आज दोर्दी गाउँपालिका–८ की ७० वर्षीय महिला अनारसि गुरुङलाई सेवा दिँदै जिल्लामा डाइलासिस सेवा शुभारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख प्रशासकीय अधिकृत हेमन्त श्रेष्ठले बताउनुभयो ।

दुवै मिर्गौला फेल भएर विगत तीन वर्षदेखि दमौली अस्पताल तनहुँमा उपचार गराउँदै आउनुभएकी गुरुङ जिल्लामै यो सेवा पाउने पहिलो व्यक्ति हुनुभएको छ ।

यस अस्पतालका अनिसा थापा, सिर्जना तामाङ, मुना राई र सुनिता थापा र धौलागिरि अस्पताल बागलुङबाट आउनुभएका स्टाफ नर्स बेलिसरा भुजेल, सावित्री बस्याललगायतको टोलीले उक्त सेवा दिएको अस्पतालले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया