असार २५, २०८२ बुधबार July 9, 2025

सिरियामा अमेरिकी हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध समूहविरुद्ध एकै दिनमा दुई राउण्ड हवाई हमला गरेको जनाएको छ ।

गत साता अमेरिकी सेनामाथिको हमलाको विरावेधमा अमेरिकी जेटले डेर अल जोउर प्रान्तमा बम वर्षाएको थियो । साँझमा अमेरिकी दुई आधारमा रकेट प्रहार हुँद तीन कर्मचारी घाइते भएका अमेरिकी सेनाले जनाएको छ ।

हेलिकप्टरहरूले केही रकेटहरू प्रक्षेपण गर्न प्रयोग गरिएका सवारी साधनहरूमा आक्रमण गरेका र दुई वा तीन संदिग्ध लडाकुहरू मारिए जनाइएको छ  ।
अमेरिकाले इरान र इरान समर्थित आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न नहिचकिचाउने रक्षा उपसचिव कोलिन काहलले बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया