जेठ ५, २०८१ शनिबार May 18, 2024

मिथिलाञ्चलको महाकुम्भ सुरु,प्रचण्ड द्धारा जनकपुर ओर्लनुअघि आकाशबाटै पुष्पवृष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिनसम्म सञ्चालन हुने मिथिला मध्यमिकी परिक्रमा आइतबार सुरु भएको छ।

यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वको मिथिला मध्यमिकी परिक्रमाको पूर्वप्रधानन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला बोकेर परिक्रमाको उद्घाटन गरेका छन्।

हेलिकप्टरबाट आइतबार बिहानै हेलिकप्टरबाट कचुरी आइपुगेका प्रचण्डले जनकपुर ओर्लनुअघि आकाशबाटै पुष्पवृष्टि गरेका थिए।

फागुने औंशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारतका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँ गरी १ सय २० किलोमिटर भूभागको यात्रा गरिन्छ।

आजको दिन धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याइन्छ। र, यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ गरिन्छ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ ।

डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण ९भारत०,विसौल ९भारत० र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।

रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । परिक्रममामा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् ।

परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छन् । टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुन्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत पुर्याउने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया