मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभरमा आज थप २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ८ सय ३३ जनाको नमूना परीक्षण गर्दा २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ४ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । त्यस्तै, हाल देशभरमा ३ हजार ३ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५१ हजार २ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया