मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बारामा कोभिड–१९ विरुद्ध बालबालिकालाई फाइजर खोप दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोभिड–१९ विरुद्ध बारा जिल्लाका स्थानीय तहहरूमा पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख २० हजार बालबालिकालाई फाइजर खोप दिने अभियान सुरु हुने भएको छ ।

खोप अभियान कार्यक्रमको पहिलो चरणमा यही भदौ १६ देखि ३१ गतेसम्म जिल्लाको कलैया उप–महानगरपालिका, जीतपुर सिमरा उप–महानगरपालिका, निजगढ र कोल्हबी नगरपालिका, फेंटा, प्रसौनी, विश्रामपुर र परवानीपुर गाउँपालिकाका पाँच वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताउनुभयो ।

यसैगरी दोस्रो चरणमा यही भदौ २७ देखि ३१ गतेसम्म जिल्लाको सिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिका, आदर्श कोतवाल सुवर्ण, देवताल, बारागढी र करैयामाई गाउँपालिकामा खोप दिइने छ । खोप अभियान कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया