मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित : २४ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

ज्यालादारी तथा करारका कर्मचारीहरुलाई २४ घण्टाभित्र नविकरण गर्न, स्थायी कर्मचारीहरुको सावधिक बीमा योजना तत्काल लागू गर्न, दरबन्दीका अनियमित नियुक्तिहरु खारेज गर्ने लगायतका २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । मागहरु पुरा गर्नका लागि पुरै १ हप्ताको अल्टिमेटम दिएको छ ।

कान्ति बाल अस्पताल विकास समिति तर्फका हामी संपूर्ण कर्मचारीहरुको तर्फबाट र अस्पतालमा अस्तित्वमा रहेका संपूर्ण यूनियनहरुको समर्थन र ऐक्यबद्धतामा अस्पताल व्यवस्थापन समक्ष २४ बँदे मागपत्र पेश गरिएको समितिले जनाएको छ ।

समय सीमा पुरा भएको आठौं दिन अर्थात २१ गते मंगलबारका दिन बिहानै देखि निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेर चरणबद्ध संघर्षका कार्यक्रमहरु अगाडि बढाउने समितिले चेतावनी दिएको छ ।

   

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया