मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप २ सय ६ जनामा कोरोना पुष्टि – ३ सय ९८ जना कोरोनामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभरमा आज थप २ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ५ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३४ र १ हजार २ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा गरी २ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ३ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल देशभरमा २ हजार ८ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया