काठमाडौं । दिल्ली हिंसा चरम उत्कर्षमा पुगेको छ। नागरिकना कानुनविरुद्धको आन्दोलन सोमबारदेखि जारी रहँदा त्यहाँ मृतकको संख्या ३२ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
बीबीसीहिन्दीका अनुसार गम्भीर घाइते भएकाहरुमध्ये ३० जनाको मृत्यु दिल्लीको गुरु तेगबहादुर अस्पतालमा भएको हो। अन्य दुईको मृत्यु एलएनजेपी अस्पतालमा मृत्यु भएको हो।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।
उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।
यसैहप्ताको सोमबारदेखि दिल्लीको हिंसा साम्प्रदायिक हिंसामा परिणत भएको विश्लेषण भइरहेको छ। मुसलमान र हिन्दुवादीको भीड एकआपसमा झडपमा उत्रिनुका साथै हिन्दुवादी भीडले मुसलमानको घरहरु जलाएका घटनाहरुको समाचारहरु पनि सार्वजनिक भइरहेका छन्।
भारतमा चरम हिंसा बढेसँगै संयुक्त राष्ट्रसंघले शान्तिको अपिल गरेको छ। राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टीफन डुजारिकले दिल्लीमा भाइरहेको हिंसा दुखदायी भएको र त्यो तत्काल बन्द हुनुपर्ने बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया