काठमाडौंः प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो।
विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित
रोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति आपत्ति जनाएको थियो ।
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । सोही कारण आजको प्रतिनिधिसभा बैठकले विधेयकलाई फेरि विकास तथा प्रविधि समितिमा पठाएको हो । प्रतिनिधि सभाको अर्को बैठक २५ भदौ शनिवार दिँउसो १ बजे बस्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया