श्रावण १, २०८२ बिहिबार July 17, 2025

मिथिलाञ्चलमा आजदेखि होली सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन आइपुग्दै छ। धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन आज महोत्तरीको भंगहा नगरपालिका-८ स्थित कञ्चनवन आइपुग्ने भएको हो।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख सञ्जीव साहले बताएका छन। तिर्थालुहरूलाई संघीय तथा प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गर्ने बताइएको छ।

तिर्थालुहरूलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख साहले बताएका छन। त्रेतायुगमा सीता र भगवान् रामले रङ खेली होली मनाएको धार्मिक विश्वास छ।

यहाँ आउने श्रद्धालुले एकअर्कालाई रङ, अबिर दलेर होली शुभारम्भ गर्ने धार्मिक एवं पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताएका छन।
तीर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित बिहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचा सरसफाइ गरी चिटिक्क पारिएको छ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदामा सुरु हुने यो परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाका दिन सम्पन्न गरिने परम्परा छ। कञ्चनवनमा परिक्रमा यात्रीका लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने चलन छ। घरमा विभिन्न परिकार बनाएर परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार