कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

जाजरकोटमा सहुलियत कर्जा लागू गर्न वाणिज्य बैङ्क सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जाजरकोटका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका वाणिज्य बैङ्कका शाखा सहमत भएका छन् ।

जिल्लाका सातै पालिकामा रहेका बैङ्कमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।

जाजरकोटमा हालसम्म राष्ट्रिय वाणिज्य बैङ्कहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा भएको छलफलपछि प्रदेश स्तरका प्रमुखको छलफल गरी जिल्लामा पालिका प्रमुखसँगको अन्तरक्रिया समेत गरिएको छ । निजी तथा सरकारीस्तरको बैंकले जाजरकोटका सबै पालिकामा सहुलियत कर्जा लागू गर्नका लागि वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी नीतिगत छलफल समेत सम्पन्न भएको छ ।

छलफलमा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, नलगाड नगरपालिकाका प्रमुख डम्बर रावत, छेडागाडका नगरप्रमुख रत्न खड्का, बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, कुशे गाउँपालिकालिकाकी उपाध्यक्ष देविका सिंह, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, शिवालयका उपाध्यक्ष गीता शाही, जुनीचाँदेका उपाध्यक्ष वीरेन्द्र शाही, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, एनआइसी एसिया बैङ्कमा कर्णाली प्रमुख राजनप्रसाद पोखरेल, राष्ट्रिय वाणिज्य बैङ्कका कर्णाली प्रमुख शिवप्रसाद चालिसे, कृषि विकास बैङ्कका कर्णाली प्रमुख खुर्सेद अहमत, ग्लोबल बैङ्कमा विष्णु अर्याल, सिभिल बैङ्कका दीपक जोशी र लक्ष्मी बैङ्कका शैलेन्द्रराज पाण्डेको सहभागिता थियो । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार