काठमाडौंः पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा ३ हजार ७५९ जनाको एन्टीजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा १२६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकमा ४ लाख २९ हजार ८०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २ हजार २३२ जना सक्रिय सङ्क्रमित छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया