काठमाण्डौंः बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी उपचारार्थ भर्ना भएका छन् । ती मध्ये बाँकेमा ८ जना र जिल्ला बाहिरका ११ जना रहेको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका पाँच जना, कोहलपुर नगरपालिकाका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना डेंगुका बिरामी उपचाररत छन् ।
बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने सात जना काठमाडौँ, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् ।
भेरीमा उपचार गराइरहेका जिल्ला बाहिरका दुई जना डेंगु प्रभावित बिरामीको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया