मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

लमजुङ अस्पतालमा साँढे दुई वर्षदेखि भेन्टीलेटर अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला अस्पताल लमजुङमा साँढे दुई वर्षदेखि भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालनका लागि ल्याएको उपकरण अलपत्र परेको छ ।

कोरोना संक्रमण शुरु भएसँगै आवश्यकतालाई मध्यनजर गरी ल्याईएको भेन्टीलेटर सहितको आईसियू उपकरण कोरोना चौथो लहर शुरु हुँदासम्म पनि शुरु हुन सकेको छैन ।

महंगीका कारण आवश्यक जनशक्ती उपलब्ध गराउन नसक्दा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मै बजेट प्राप्त भए पनि आर्थिक वर्ष ०७७/७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो । आवश्यक जनशक्ती नहुँदा उपकरण ल्याईसकेको साँढे दुई वर्ष बित्दा पनि हालसम्म भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६/७७ मा एक करोड ६९ लाख १९ हजार रुपियाँ उपलब्ध गराएको थियो । तर विश्वव्यापी कोरोना भाईरस संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि हालसम्म दक्ष जनशक्ती नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमूख श्रेष्ठले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया