वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभाको दशौंं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्य गरेका प्रदेश सभा सचिवालयका उपसचिव ((कानुन) तेजप्रकाश जोशीले जानकारी दिए ।

दशौं अधिवेशन अन्त्यसँगै कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल  पनि सकिएको छ । अब प्रदेश सभाको अधिवेशन बस्दैन । अर्को कार्यकालका लागि आगामी मंसिरका निर्वाचन हुँदैछ । दशौँ अधिवेशनको अवधिसम्म प्रदेश सभाको २१५ पटक बैठक बसेको छ ।

प्रदेश सभाले पहिलो वर्षमै प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर टुंग्याएको थियो । यस अवधिमा केही महत्व्पूर्ण विधेयकहरु प्रदेश सभाले पारित गरेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा अध्यादेशसहित प्रदेशसभामा ८३ वटा विधेयक दर्ता भएका थिए ।

अधिवेशन अन्त्य भए पनि प्रदेश सभा सदस्यहरुको कार्यकाल कहिलेसम्म रहने भने प्रष्ट छैन । सभामुख राजबहादुर शाहीले भने, ‘कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन । कानुन बनाउनुपर्ने थियो । अहिले कानुन नबनेकाले कहिलेसम्म हुने भन्नै छैन । निर्वाचनको नोमिनेसनसम्म कार्यकाल रहने की भन्ने आ–आफ्नै बहस भइरहेका छन् ।’

अब निर्वाचन नहुने समयसम्म प्रदेश सभा सचिवालयले प्रशासनिक काम गर्नेछ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सचिवालयले अब प्रशासनिक गतिविधि गर्ने जानकारी दिए । उनले अब सभाले गरेका कामहरु बेवसाइडमा राख्ने, प्रतिवेदनहरु व्यवस्थित गर्नेलगायतका काम गर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार