वैशाख २४, २०८१ सोमबार May 6, 2024

जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि

सबैभन्दा कम अङ्क ल्याउने टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, १४ वैशाख : खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख– १५ गतेदेखि २२ गतेसम्म ‘ए’ डिभिजनको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

एन्फाको निर्देशिका अनुसार ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्टस क्लब, खोटाङ भगवती स्पोर्टस् क्लब, बुइँपा ११ स्पोर्टस् क्लब, हलेसी फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने आयोजक खोटाङ फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभएको छ । ‘ए’ डिभिजनका विजेता टिमले प्रदेश लिगमा खेल्न जाने अवसर पाउने छन् भने, सबैभन्दा कम अङ्क ल्याउने टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छ ।

‘बी’ डिभिजन लिगको प्रतियोगितामा खोटाङ फुटबल एकेडेमी, नमुना स्पोर्टस् क्लब, नूनथला स्पोर्टस् क्लब र जन्तेढुङ्गा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ । ‘बी’ डिभिजनका विजेता टिमले ‘ए’ डिभिजन उक्लने अवसर पाउने फुटबल सङ्घका अध्यक्ष राईले जानकारी दिनुभएको छ । ‘ए’ तथा ‘बी’ डिभिजन लिगको दुवै खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोटर्स क्लब सोल्माको खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा विसं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपटक विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो । विसं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई विसं २०७५ मा अस्थायी र विसं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको हो ।

प्रतियोगिताको पहिलो दिन भोलि शनिबार दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । दिउँसो १ बजेदेखि सुरु हुने पहिलो खेल नमुना स्पोर्ट्स क्लब र नूनथला स्पोर्ट्स क्लबबीच तथा दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेल केएफए र जन्तेढुङ्गा स्पोर्ट्स क्लबबीच सञ्चालन हुने जनाइएको छ ।

दुवै प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक जिल्ला फुटबल सङ्घका उपाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभयो । हप्ता दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले गर्नुहुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार