वैशाख ६, २०८१ बिहिबार April 18, 2024

सेती अस्पतालमा उपचारमा सास्ति पाएको गुनासो पछि स्वास्थ्यवस्था बुझ्न बिरामीको घरमै पुगे सदस्य भट्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सेती प्रदेशीक अस्पताल धनगढीका व्यवस्थापन समिति सदस्य दिल्लाराज भट्टले एक मिर्गौला पीडितको घरमै पुगेर भेटेका छन् । केही दिन पहिले डाइलायसिस सेवाका लागि अस्पताल आएका बिरामीले अस्पतालमा उपचारको क्रममा समस्या भोग्नु परेको भन्दै गुनासो गरेका थिए ।

उपचारको लागि बिरामीको साथ आएकी उनकी दिदीले उपचारको क्रममा समस्या भोग्नु गरेको भन्दै रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा अस्पतालमा उपचार गर्ने क्रममा शास्ती भएको भन्दै सेवाग्राही रोएको भिडियो आफूले देखिपछि ठेगाना पत्ता लगाएर भेट्न घरमै पुगेको सदस्य भट्टले बताए ।

मिर्गौला रोगबाट पीडित भएर विगत एक वर्षदेखि नियमित हप्तामा दुई पटक डायलाइसिस गराइरहेका कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का २५ वर्षीय एक युवकको घरमै पुगेर भट्टले बिरामी र उनका आफन्तसँग भेट गरेका हुन् । उनले स्वास्थ्य लाभको कामना गर्दै बिरामिकि दिदीलाई सोधेका थिए, ‘सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा रोएको भिडियो सामाजिक सञ्जालमा निक्कै भाइरल भएको देखे । मैले तपाईंलाई चिनेको थिइन । तपाईंको ठेगाना पत्ता लगाएर आएको हुँ । त्यो दिन समस्या के भएको थियो । तपाईंले अस्पतालमा उपचारको क्रममा के समस्या भोग्नु परेको थियो ।’

जवाफमा बिरामीकी दिदीले भाइको उपचाको क्रममा अस्पतालमा निकै समस्या भएको बताएकी थिइन् । ‘भाइको डायलाइसिस गराउन जाँदा अस्पतालको फार्मेसीमा औषधि छैन भनियो । बाहिर पनि औषधि पाइएन,’ उनले भनिन् ।

बाहिरबाट भित्र जान भन्ने र भित्रबाट बाहिर जान भन्ने गरेकाले आफूले निकै सास्ति खेपेको उनको गुनासो थियो । पहुच हुनेहरूले आँखै अघि औषधि लगेको देख्दा पीडा भएको उनले बताइन् ।

जवाफ भट्टले आफूहरू आएको धेरै नभएको र अस्पतालका कमजोरी सुधार गर्दै लगिने प्रतिवद्धता जनाएका थिए । उनले अस्पताललाई जनमैत्री बनाउन आफूहरू निरन्तर सक्रिय रहेको बताएका थिए । उनले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने भन्दै क्षेमायाचना गरेका थिए ।

यसरी समस्या भएको थाहा पाएर अस्पताल व्यवस्थापन समितिकै सदस्यले घरमा आएर स्वास्थ्यवस्था बुझ्दा खुसी लागेको बिरामीका आफन्तले बताएका थिए । उनले सुधारका लागि यसरी तदारुकता देखाउँदा अस्पतालको व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया