वैशाख ११, २०८१ मंगलबार April 23, 2024

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियाे ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेकाे चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया