वैशाख ४, २०८१ मंगलबार April 16, 2024

सुनको मूल्य बढ्यो, चाँदीकाे घट्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया