चैत्र १६, २०८० शुक्रबार March 29, 2024

यी हुन् ४३ वर्षमा ५३ पटक विवाह गर्ने साउदी अरबका अबु अब्दुल्लाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भनिन्छ बिहे एक पटक मात्र हुन्छ । तर, कहिलेकाँही परिस्थितिले गर्दा एकाँधले दोस्रो वा तेस्रो विवाह पनि गर्ने गरेका छन् ।

तर, साउदी अरबमा एक ब्यक्तिले २/३ पटक नभई ४३ वर्षमा ५३ पटक विवाह गरेका छन् । रिपोर्टमा यस्तो भनिरहँदा तपाईलाई विश्वास नलाग्ला तर, यो वास्तविक हो ।

साउदी अरबका अबु अब्दुल्लाह नामका ६३ वर्षीय पुरुषले वास्तविकतामा ५३ पटक विवाह गरेर छुट्टै कीर्तिमान बनाएका छन् । उनले शान्ति र स्थिरता खोज्नका लागि ५३ पटक विवाह गरेको बताएका छन् ।

तर, ५३ पटक विवाह गरेर पनि अबु अब्दुल्लाहलाई शान्ति मिलेन् । उनले २० वर्षको उमेरमा पहिलो पटक विवाह गरेका थिए । उनले दोस्रो विवाहबारे सोचका पनि थिएनन् । तर, पहिलो वैवाहिक जीवन चलिरहँदा उनले २३ वर्षको उमेरमा दोस्रो विवाह गर्ने फैसला गरेका थिए ।

उनको हरेक विवाहमा केही न केही समस्याहरु आउँदै गयो, जसको कारण उनलाई पटक–पटक विवाह गर्न उक्साइरह्यो । यसरी नै उनले ६३ वर्षको उमेरसम्म ५३ पटक विवाह गरिरहे ।

उनले अधिकांश विवाह साउदीका महिलाहरुसँग गरेका थिए, भने केही विवाह विदेशी महिलाहरुसँग पनि गरेका थिए । जसको कारण उनी कानूनी समस्याहरुबाट बच्ने सक्दथे । तर, अब भने उनले विवाह गर्ने सोचेका छैनन् । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया