श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टेलिकमको टिकटक च्यालेन्ज अफर : विजेताले पाए एमआई -१२ स्मार्टफोन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमले सञ्चालन गरेको टिकटक च्यालेन्जका विजेताहरुलाई आज एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निमित्त प्रबन्ध निर्देशक झविन्द्र लाल उपाध्याय र निमित्त प्रमुख व्यावसायिक अधिकृत रीना डंगोलले पहिलो स्थान हासिल गर्ने अश्विन परियार र दोस्रो स्थान हासिल गर्ने जानकी बराललाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

विजेताले क्रमशः एमआई १२ प्रो र एमआई १२ स्मार्टफोन पाएका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने धरानकी अपेक्षा विष्ट तथा पहिलो हप्ताका विजेता दाङ तुल्सीपुरका रोहित अधिकारी, दोस्रो हप्ताका विजेता विराटनगर एयरपोर्टका Meme Posting Nepal र तेस्रो हप्ताका विजेता दाङ तुल्सीपुरका लिला अधिकारीलाई सम्बन्धित प्रादेशिक निर्देशनालयमार्फत छिट्टै नै पुरस्कार हस्तान्तरण गरिने छ ।

पुरस्कार स्वरुप तेस्रो स्थान हासिल गर्नेलाई एमआई १२ एक्स र अन्यलाई रेडमी नोट ११ ‍मोबाइल सेट उपलब्ध गराइने छ ।

नेपाल टेलिकमका सेवा सम्बन्धी गीत/जिंगल सहितको भिडियो तयार गरी कम्पनीको आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गर्ने गरी गत भाद्र ८ देखि असोज ३ गते सम्म टिकटक च्यालेन्ज क्याम्पेन सञ्चालन गरिएको थियो । सो क्याम्पेनमा सहभागीहरु मध्येबाट विजेता छनोट गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार