भाद्र ७, २०८३ आइतबार August 23, 2026

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १२ कात्तिकः वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।”
त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको विभागले जनाएको छ । एफपिआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताउनुभयो ।
“वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो । मङ्गलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए । यो समयस्या भने सोहीदिन समाधान भएको छ”, उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाप्रति बालेन्द्र शाहको अरुचि : दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी
२०८३ भाद्र ७, आइतबार
आज आइतबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र ७, आइतबार
एमाले अध्यक्ष ओलीले गरे ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’को उद्घाटन
२०८३ भाद्र ६, शनिबार
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
जनतालाई छिटो न्याय दिनुपर्ने छ, पुराना मुद्दा शून्यमा झारौँ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार