वैशाख ३०, २०८१ आइतबार May 12, 2024

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ८ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–८ बाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम हिरोईनसहित सोही ठाउँ बस्ने खगेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हिरोईनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर बिक समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ९ सय ट्याब्लेट, नाइट्रोजन ३ सय ट्याब्लेट र एग्जिपलोन १ सय एमएलको ५० बोतल सहित औरही गाउँपालिका–२ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बीआर ३२ आर ४४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल, फेनारागन ४६ एम्पुल र नगद २३ हजार रुपैयाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीया सन्तु घर्ति मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया