काठमाण्डौः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गरेका छन्।
बेलायती संसद भवनमा भएको भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदान-प्रदान, भूपू गोर्खा सम्बन्धी विषयमा कुराकानी भएको हो।‘बेलायती संसदको नेपाल प्रतिको सद्भाव, एक्यवद्धता एवं सहयोग दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका रहेको छ,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि बेलायती संसदीय समूहले नेपाल र बेलायतको सम्बन्धलाई थप सुदृढ बनाउन खेलेको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्न चाहन्छु।‘
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया