श्रावण १, २०८२ बिहिबार July 17, 2025

युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बेन्फिकासँग मंगलबार राति ३-२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

तेस्रो स्थानको युभेन्टस र चौथो स्थानको मकाबी हैफाको  समान तीन अंक छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ ।

पछिल्लो खेलमा मकाबी हैफालाई २-० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो । युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो । बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

१७औं मिनेटमा एन्टोनियो सिल्भाको गोलमा बेन्फिकाले अग्रता लिएको थियो । २१ औं मिनेटा मोइस किनले युभेन्टसलाई खेलमा फर्काएका थिए ।

२८औं मिनेटमा मारियो र ३५औं मिनेटमा राफा सिल्भाले समान एक गोल गरेपछि बेन्फिकाले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो । ५०औं मिनेटमा राफा सिल्भाले बेन्फिकाका लागि चौथो गोल गरे ।

७७औं मिनेटमा मिलिकले युभेन्टसका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि वेस्टन म्याकिनेले युभेन्टसका लागि तेस्रो गोल गरे पनि त्यो खेलमा फर्कन भने पर्याप्त भएन ।

समूह एच कै अर्को खेलमा पिएसजीले मकाबी हैफालाई ७-२ ले हरायो । पिएसजीको जितमा लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान दुई-दुई गोल गर्दा नेयमारले एक गाल गरेका थिए । यस्तै, कार्लाेस सोलरले एक गोल गर्दा एक गोल आत्माघाति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार