काठमाडौं : स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यससँगै बार्सिलोनाले युरोपा लिग खेल्नेछ ।
बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे ।
जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया