श्रावण १, २०८२ बिहिबार July 17, 2025

चेल्सी र लिभरपुल स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो । लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले ।

जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६औं स्थानमा छ ।

यता, अर्काे खेलमा चेल्सी ब्राइटनसँग ४–१ अन्तरले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो ।

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १४औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे । ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल  गर्दा पहिलो हाफमै ब्राइटन ३–० ले अघि रह्यो ।

४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३–१ को स्थितिमा झारे । तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को प्रभावशाली जित दिलाए । हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार