काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रङ्गशालामा कात्तिक ३० गते पाकिस्तानसँगै मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार मैत्रीपूर्ण खेलको मिति तय गरेको हो ।
विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बन फुकुवा भएसँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यस खेलका लागि एन्फाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
प्रशिक्षक कटुवालले मंगलबार नै बन्द प्रशिक्षणका लागि ३० सदस्यीय खेलाडी छनोट गर्नुभएको छ । प्रशिक्षणको बोलाइएका खेलाडीहरूमा किरण चेम्जोङ, विकेश कुथ, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने र रोहित चन्द हुनुहुन्छ ।
यस्तै अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अन्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई र निशान खड्का हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया