श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फुटबलबाट सन्यास लिने बार्सिलोनाका रक्षक पिकेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् ।

पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने निर्णय लिएका थिए । बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ । ‘मैले सधै भनेको छु । बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् ।

पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए । यसपछि म्यानचेस्टर पुगेका थिए । सन् २००७–ँ८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए ।

यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन् । जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ । पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार