श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : एपीएफ सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमाएपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको दुई सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनायो । कर्णालीका लागि रविन्द्र  शाहीले ८० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सक्नु भएन । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाउनुभयो । एपीएफका मौसम ढकालले ४, कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेल्नुभयो । १ सय ३६ बलको सामना गर्नुभएका  आसिफले १५ चौका र एक छक्का प्रहार गर्नुभयो ।

यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाउनुभयो । लोकेश बम र दीपक बोहराले १०/१० रन मात्र बनाउनुभयो । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३, दिवन पुनले २ विकेट लिनुभयो । जितसँगै एपीएफले चार खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेल्नुभएको छ ।

यस्तै अभिषेक गौतम दुई रनमा अविजित रहनुभयो । लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३÷३ विकेट लिनुभयो । यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोस कार्की र हरिशंकर शाहले अर्धशतकीय पारी खेल्नुभयो । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको  व्यक्तिगत स्कोर बनाउनुभयो ।

यस्तै अनिल साहले पनि अर्धशतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नुबाहेक अन्यले राम्रो स्कोर बटुल्न सक्नुभएन । मधेसको सबै विकेट निकाल्ने क्रममा कृष्ण कार्कीले सर्वाधिक तीन, अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक/एक विकेट रह्यो ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लव तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार