काठमाण्डौंः विभागीय टोली त्रिभुवन आर्मीले काठमाडौँमा जारी पीएम कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।
जितसँगै आर्मीले ३ खेलबाट ४ अङ्क बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ । पराजित गण्डकी ४ खेलबाट ५ अङ्कसहित दोस्रो स्थानमा यथावत् रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
अर्को खेलमा लुम्बिनी प्रदेशले दोस्रो जित हात पारेको छ । दोस्रो जित निकाल्ने क्रममा प्रदेश १ लाई ३९ रनले हराएर लुम्बिनी प्रदेशले दोस्रो जित दर्ता गराएको हो ।
जितको लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जोड्दै अलआउट भयो । त्यसअघि त्रिवि खेल मैदान, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनाएको थियो ।
जितसँगै लुम्बिनी २ खेलबाट चार अङ्क जोड्दै तेस्रो स्थानमा पुगेको छ । मधेश प्रदेश पनि समान ४ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले २ खेल खेल्न बाँकी छ । नेपाल पुलिस क्लब ६ अङ्कका साथ यो समूहको शीर्ष स्थानमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया