श्रावण २, २०८२ शुक्रबार July 18, 2025

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक महिलामाथि बलात्कारकाे आराेपमा श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका पक्राउ परेका छन् ।

३१ वर्षीय श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आराेपमा अष्ट्रेलियाको सिड्नीबाट पक्राउ परेकाे त्यहाँ स्थित विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको हाे ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सञ्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्कासँगै रहेका उनका साथीहरूले पक्राउ परेका उनलाई सिड्नीमै छाडेर हिँडेका हुन् ।

दानुष्का खेलका क्रममा तीन हप्ताअघि घाइते भएर उपचार गर्दै रेस्टमा बसेका थिए । उनकाे ठाउँमा एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार