काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई महाकाली अस्पताल भर्ना गरिएको छ।
सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भित्रिएका दुई जनालाई कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आशंकामा महाकाली अस्पताल पठाइएको गड्डाचौकीस्थित हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताएकी छन् ।
अस्पताल भर्ना गरिएका दुवै जना पुरुष हुन्।
भारतको राजधानी दिल्लीबाट घर फर्किन लागेका उनीहरुलाई चेकजाँच गर्दा कोरोना भाइरसको आशंका लागेपछि महाकाली अस्पतालमा भर्ना गरिएको हो।
‘ज्वरो बढि देखिएकाले कोरोनाको आशंकामा थप बुझ्न अस्पताल पठाएका छौँ।’ नाकामा खटिएकी अनमी जोशीले भनिन्।
उनीहरुलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर नारद भट्टले बताएका छन।
उनका अनुसार अहिले उनीहरुको नमूना संकलन गरेर स्थास्थ्य जाँचका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया