श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी नगदसहित पुरस्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरा महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय ९२ जनालाई सम्मान गरिएको हो ।

स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मानसहित क्रमशः जनही रु १५ हजार, रु १० हजार र कास्य रु पाँच हजार प्रदान गरिएको थियो ।

यसैगरी ३६ टोली व्यवस्थापक र ४० प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो । महानगर प्रमुख धनराज आचार्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे । खेलाडीको खेल जीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको चर्चा गर्दै नगर प्रमुख आचार्यले खेलमार्फत पर्यटन प्रवर्द्धनसहित यहाँ आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी दिए ।

महानगरले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागेको ‘टुर दि पोखरा’ कार्यक्रमका क्रममा आगामी पुस ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता, २०७९ गर्ने जनाएको छ । पोखरा–१७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकल यात्रीको सहभागिता रहने भएका छन् ।

गण्डकीका विजेतालाई परिषदले सम्मान गर्ने

यसैगरी राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले नगदसहित सम्मान गर्ने भएको छ । कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको परिषदका सदस्यसचिव घनश्याम पौडेलले जानकारी दिए ।

उनका अनुसार मङ्सिर तेस्रो साताभित्रै खेलाडीलाई नगदसहित सम्मान गरिनेछ । खेलाडीसँगै खेल प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई समेत सम्मान गरिने जनाइएको छ । गण्डकी प्रदेशका तर्फबाट पदक विजेता खेलाडीलाई सम्मान गर्न परिषदले कार्यविधिसमेत तयार गरिसकेको जानकारी गराउँदै उनले सम्मान कार्यक्रमको व्यवस्थापन गर्न कार्यकारी सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए ।

गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश प्रदेशस्तरमा प्रथम भएको थियो । गण्डकी विभागीय टोली पछि समग्रमा चौथो स्थान हासिल गरेको थियो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कास्य पदक प्राप्त गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार