श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इंग्लिस प्रिमियर लिग – सिटी र चेल्सी पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् ।

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन ।

जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।

राति नै भएको अर्काे खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भयो । न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे ।

न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया