श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

पाकिस्तान, फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो। नेपालले जितको लक्ष्यका साथ खेलमा सहभागी हुने दाबी गरेको छ।

खेलअघि मंगलबार आयोजित प्रि-म्याचकन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गरेका हुन्। नेपाली टोलीका कप्तान रोहित चन्दले टोलीमा लामो समय खेले पनि कप्तानको रूपमा खेल्न पाउनु खुसीको क्षण भएको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया