काठमाण्डौः युएईविरुद्धको दोस्रो एक दिवसीय खेल आज (बुधबार ) हुदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा युएईले टस जितेर सुरुआती ब्याटिङ गर्ने भएको छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले फिल्डिङ गर्नेछ ।
घरेकु मैदान उत्रदा नेपाल जितको दबाबमा हुनेछ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो ।
आजको खेल हारेमा नेपालले एक खेल अगावै युएईलाई तीन एक दिवसीय खेलको शृंखला २-० ले सुम्पिने छ ।
नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैछ । त्यसैले नेपालले युएईविरुद्धको शृंखलालाई नामिबिया भ्रमणअघिका अभ्यास खेलको रुपमा लिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया