असार २१, २०८२ शनिबार July 5, 2025

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ।

सोमबार बिहान साढे सात बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पछिल्लो २४ घन्टामा विश्वभर १६ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ सय ७६ पुगेको छ। त्यहाँ ५९ हजार १ सय ३८ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ३६ हजार ८ सय ३८ जनामा यसको संक्रमण पुष्टी भएको छ। ९७ हजार ६ सय ३६ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०, भारतमा २ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी जर्मनीमा १०, कोरियामा २, अस्ट्रियामा ८, बेल्जियममा ८, स्वीडेनमा १, पोर्चुगलमा २, ब्राजिलमा ७, क्यानाडामा १, मलेसियामा २, टर्कीमा ९, चेकियामा १, आयरल्यान्डमा १, इक्वेडरमा ७, पाकिस्तानमा १, पोल्यान्डमा २, ग्रिसमा २, रोमानियामा ३, स्लोभानिया १, फिलिपिन्समा ६, वहराइन १, इजिप्टमा ४, इराकमा ३, कोलम्बियामा २, सर्वियामा १, अल्जेरियामा २, हंगेरीमा २ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी मोरक्कोमा १, उत्तर म्यासेडोनियामा १, एन्डोरामा १, बुर्किना फोसोमा १, ट्युनिसियामा २, अफगानिस्तानमा १, मौरिरसमा १ र गुआममा १ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन्।

हिजो थप दुईको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। त्यहाँ ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार