असार २१, २०८२ शनिबार July 5, 2025

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ जना पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस ‘कोभिड–१९’ बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। सोमबारको तथ्यांकअनुसार भारतमा कोरोनाबाट ४ सय २५ संक्रमित बनेका छन्।

विश्वको दोस्रो ठूलो जनसंख्या भारतमा कोरोनाबाट संक्रमितको संख्या दैनिक बढ्दै जाँदा मानिसहरु त्रसित बनेका छन्।

आइतबार कोरोना नियन्त्रणको प्रयास स्वरुप भारतमा ‘जनता कर्फ्यु’ १४ घण्टासम्म लागू गरिएको थियो। उक्त अवधिमा भारत पुरै ठप्प पारिएको थियो। सबैले घरैमा बसेर सरकारको नियम पालना गरेका छन।

जनता कर्फ्यु १४ घण्टासम्म लागू भएपछि नै भारतमा दिल्लीसहितका मुख्य शहरहरुले आगामी मार्च ३१ सम्म शहर ‘लकडाउन’ ठप्प पार्ने भएका छन्।

दिल्ली, मुम्बई, बैंगलोर, पुने, हैदराबाद र कोलकत्ता शहर सोमबार बिहान ६ बजेदेखि मार्च ३१ सम्म ठप्प हुने भारतीय सन्चारमाध्यमले जनाएका छन्। यस्तै गोवाले पनि तीनदिन शहर ठप्प पार्ने बताएको छ।

चीनले शहरहरु ठप्प पारेरै आफ्नो देशमा कोरोना संक्रमण हुन नदिएको भनेर विश्लेषण भइरहँदा भारतका यी मुख्य शहरहरुले सोही उपाय अपनाएका हुन्।

अत्यावश्यक बाहेक सबै बजार, दोकान, उद्योग ती शहरहरुमा ठप्प हुनेछन्। दिल्लीले आफ्नो सिमाना बन्द गरेको छ। त्यहाँको रेल सेवा तथा मेट्रो सेवा बन्दु हुनेछ। ती शहरहरुमा सार्वजनिक यातायात चल्न प्रतिबन्ध लगाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार